१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

देउवा र महन्थ भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएलगत्तै शनिबार दिउँसो अध्यक्ष ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

देउवा र महन्थ भेटवार्ता

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए । झाले भने, ‘अर्को निर्वाचन पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको । त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो तर प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै ।’

यसैबीच, लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । विजुलीबजारस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेश निर्वाचनको आन्तरिक तयारीबारे विस्तृत छलफल हुने केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?