गृहमन्त्री खाँण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

जेष्ठ २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाललाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका थिए ।

भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो । सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिरहेको भन्दै मन्त्री खाँणले त्यसबारे समेत दाहालसँग परामर्श गरेका थिए ।

कान्तिपुर

Link copied successfully