कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

लालप्रसाद शर्मा

पोखरा — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाऊँ भन्दै शाहका तर्फबाट निवेदन परेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

१७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ मा तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएका थिए । फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरीले अदालतबाट गत फागुन १५ मा ७ दिन, फागुन २२ मा १२ दिन र चैत ४ मा ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

किशोरीका बुबाले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि सोही प्रकृतिको जाहेरी दिएका थिए । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?