कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् ।

एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् : दाहाल

'कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,' दाहालले भने,'कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।'

बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यकता रहेको उनले बताए । तर स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको उल्लेख गर्दै यसबाट पाठ सिकेर आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनको भनाई थियो ।

'हामीले आफ्नो पार्टी भन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौं' अध्यक्ष दाहालले भने,' अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ ।' उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाईदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे ।

'कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ' दाहालले भने,'त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ ।' उनले गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अह‌ंकार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उल्लेख गरे ।

प्रकाशित : जेष्ठ १८, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?