काठमाडौँ — सरकारले व्यवासयिक रूपमा भू-उपग्रह सञ्चालन गर्ने योजना अघि सारेको छ ।
आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भू-उपग्रह सञ्चालन गर्ने सरकारी योजनाबारे जानकारी दिएका हुन् ।
यसका लागि भू-उपग्रह स्थापना गरी व्यवसायिक रूपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने उनले उल्लेख गरेका छन् ।
