कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने

काठमाडौँ — सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको छ । झन्डै एकदशक देखि खाडीमा कार्यरत नेपाली श्रमिकहरुले आफूहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आएका थिए ।

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नीजि तथा अनौपचारिक क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजीक सुरक्षाको कोषबाट सन्चालित सामाजिक सुरक्षामा योजनामा क्रमश: आबद्ध गरिदिने बताए छन् ।

सरकारले हाल नीजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेको छ । यसमा १६ हजार ८ सय ८७ रोजगारदाताले तीन लाख २० हजार ७ सय ४४ जना श्रमिकलाई आबद्ध गरेको छ । हालसम्म यो कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सञ्चय कोष कि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भन्ने विवाद थियो । श्रमिकहरूको लागि सामाजिक सुरक्षा कोष ल्याएको भन्दै वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि यही सामाजिक सुरक्षा कोषमा नै आबद्ध गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?