कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप, एमाले जनकपुर अध्यक्ष भण्डारी पक्राउ

वैशाख २९, २०७९
मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप, एमाले जनकपुर अध्यक्ष भण्डारी पक्राउ

जनकपुर — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो ।

अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप लागेको छ । साह केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गराउन अन्सारीले नै भूमिका खेलेका थिए । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

अन्सारीले होटेलमा बसेर पैसा बाँडिरहेको भन्ने सूचना पाएपछि एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारी १५/२० जनाको समूहमा लिएर होटेल पुगेका थिए । होटेलमा होहल्ला र तोडफोड गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै आयोगका अध्यक्ष अन्सारीलाई भने प्रहरीले उद्धार गरी काठमाडौं पठाउनका लागि जनकपुर विमानस्थल पुर्‍याएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १२:३८
x
×