कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुका मतदान केन्द्रमा निर्वाचन सामग्री कर्मचारी पठाइयो [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा जान खटिएका छन् । मंगलबार बिहानदेखि जिल्ला निर्वाचन कार्यालयले निर्वाचनबाट सामग्री बुझेर उनीहरु कार्य क्षेत्रमा हिँडेका छन् ।

कपिलवस्तुका मतदान केन्द्रमा निर्वाचन सामग्री कर्मचारी पठाइयो [तस्बिरहरू]

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ६० प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचय पत्र र अनुसूची फारम बुझेर हिँडेका छन् ।

बिहानदेखि दिउसो सम्म निर्वाचन सामग्री बुझ्ने कर्मचारीको कार्यालयमा भीड लागेको थियो । जिल्लाका १० स्थानीय तहमा २३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र छन् ।

प्रकाशित : वैशाख २७, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?