कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

'बालेन साहबारे दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत' 

काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौंका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो । 

स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद, लेनिवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन साहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’ स्थापितले प्रतिस्पर्धी साहलाई 'अन्तर्राष्ट्रिय ठग' भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका थिए । स्थापितले आफ्ना 'प्रस्ट अभिव्यक्ति'ले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्न नमिल्ने दाबी गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?