कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् निर्णय- 'सबैभन्दा उपयुक्त देखिएका सिंह महानिरीक्षकमा बढुवा'

काठमाडौँ — मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक दुई अधिकृतलाई बढुवा गर्‍यो । नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक धीरजबहादुर सिंह र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक राजु अर्याललाई बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद् निर्णय- 'सबैभन्दा उपयुक्त देखिएका सिंह महानिरीक्षकमा बढुवा'

मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णय सोमबार सार्वजनिक गरिएको छ । बैठकको पहिलो निर्णय अर्थ मन्त्रालयको रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरिएको अर्थ मन्त्रालयको प्रस्तावमा निर्णय भएको थियो ।

त्यसपछि लगातार गृह मन्त्रालयको प्रस्तावमा दुई अधिकारी महानिरीक्षकमा बढुवा भएका निर्णयहरू रहेका छन् । 'प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०७९ बैशाख १९ गतेदेखि लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने,' नेपाल प्रहरीको महानिरीक्षक पदका लागि गरिएको निर्णयमा उल्लेख छ ।

प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा 'प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य को आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने' उल्लेख छ ।

नेपाल प्रहरीको महानिरीक्षकमा यसरी बढुवा गर्दा विधि र प्रक्रिया मिचिएको भन्दै वरिष्ठतामा एक नम्बरमा रहेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

त्यसपछि मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवाको निर्णय गरेको छ । 'सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५३ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई २०७९ बैशाख १९ देखि लागू हुने गरी सशस्त्र प्रही महानिरीक्षक पदमा बढुवा गर्ने ।'

नेपाल प्रहर र सशस्त्र प्रहरीका महानिरीक्षकहरूले सोमबार दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालिसकेका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयः

प्रकाशित : वैशाख १९, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?