कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।

मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख १४, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?