२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यी हुन् राप्रपाले टुंग्याएका उम्मेदवारहरु

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु धमाधम चयन भइरहेको जनाएको छ । देशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुगेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

यी हुन् राप्रपाले टुंग्याएका उम्मेदवारहरु

उनका अनुसार काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयर विनिता मगैया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य, पोखरा महानगरमा शंकर खराल र उपप्रमुखमा रञ्जु सेन, वीरगंज महानगरमा गिरिश गिरी, उपमेयरमा बिना जयसवाल, बुटवल उपमहानगरमा मृगेन्द्र शेरचन चयन भएका छन् ।

यस्तै सिद्धार्थनगरमा सागरप्रताप राणा, देवदहमा माधव रिमाल, तिलोत्तमामा भुवन खनाल, सैनामैनामा मीनप्रसाद घिमिरे, तानसेन नगर प्रमुखमा सुदीप रेग्मी र उपप्रमुखमा बिर्जु खाती, दमकमा राम थापा, गौरादहमा गोपाल पौड्याल, उपमेयरमा भरिपूर्ण राई, जिरीको मेयरमा किरण खड्का, उपमेयरमा श्रृष्टि न्यौपाने, ललितपुरको गोदावरीमा मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सबिना बजगाँइ, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनाली, कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुखमा गजेन्द्र चन्द, उपमेयरमा हेलेन श्रेष्ठ, बेलौरी नगरपालिका प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरपालिकाको प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवन नगर प्रमुखमा गिरिराज पुरुष, तनहुँको व्यास नगरको प्रमुखमा दौलत अधिकारी, भानु नगर प्रमुखमा शेरजंग अधिकारी, भिमादमा विष्णु भक्त खनाल, शुक्लागण्डकीमा विष्णु थापा मगर, बाराको निजगढमा मेयरमा सावित्री देवी भारती, उपमेयरमा वासुदेव तिमल्सिना, स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर पदमा मुन शाह र उपमेयरमा जीवन पंगेनी, पुतलीबजारमा तुलसिंह ठकुरी, गोरखा नगरपालिकाको प्रमुखमा रुद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछाने, काठमाडौंको बुढानिलकण्ठ नगर प्रमुखमा निनादेवी भेटवाल, कोहलपुर नगरको प्रमुखमा प्रदीप शाह र उपप्रमुखमा साबित्रा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जनाए । अन्यत्रको पनि उम्मेदवार टुंगो लगाउने काम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।


प्रकाशित : वैशाख १०, २०७९ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?