कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

काठमाडौँ — सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।

‘काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भयो, बाँकी महानगरपालिकाको हकमा सहमति हुन सकेको छैन, छलफल हुँदैछ,’ ती नेताले भने, ‘अहिले नौ बजेबाट फेरि छलफलमा जुट्दैछौँ ।’

उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले विहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक राखेका छन् । बैठकअधि उम्मेदवारको नाम टुंगो लगाउने र बैठकमा अनुमोदनका लागि पेश गर्ने नेताहरूको तयारी छ ।

प्रकाशित : वैशाख १०, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?