कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन् : ओली

ओमप्रकाश ठाकुर

सर्लाही — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् । सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाए ।

मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन् : ओली

‘मधेसका मसिहाहरुलाई थोरै पनि लाज छैन, नागरिकता विधेयक पास नहुँदा सरकारबाट बाहिरिनु पर्ने हो, तर उनीहरु यसो गर्न सक्दैनन्,’ उनले भने, ‘उनीहरु जनताका मुद्दाभन्दा सत्तालाई बढी प्राथमिकता राख्छन् ।’ ओलीले मधेसका जनताको समस्या बनेको नागरिकतामा एमालेले अध्यादेश ल्याएर समस्या समाधान खोजे पनि काम गर्न नदिएको दाबी गरे ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले नेतृत्वमा सरकार बन्नासाथ नागरिकता विधेयक पारित गर्ने र नागरिकता पाउनबाट बञ्चित मधेसी नागरिकलाई नागरिकता दिलाउने आश्वासन बाँडे । मधेसविरोधी नेताको छवि बनाएका ओलीले ४५ मिनेटको सम्बोधनमा आफूसहित एमाले मधेसविरोधी नरहेकोमा धेरै समय खर्चे । मधेसवादी दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गुहजिल्लामा बोल्दै ओलीले मधेस होस वा पहाड, तराई होस् वा हिमाल सबै ठाउँका जनताका लागि एमालेको नजर एउटै रहेको दाबी गरे ।

जसपामा रहेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलगायतलाई पार्टी प्रवेश गराएका ओलीले विस्तारै मधेसका नागरिकहरु मधेसका मसिहाहरुबाट मुक्त भइरहेको बताए । उनले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको समेत आरोप लगाए ।

प्रकाशित : वैशाख ३, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?