१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालले लिए शपथ

रासस

काठमाडौँ — राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् ।

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालले लिए शपथ

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामनासमेत दिए । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित : चैत्र २९, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?