कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

विवेकशील साझाले काठमाडौंको मेयरमा बास्कोटा र उपमेयरमा तुलाधरलाई उठाउने

काठमाडौँ — आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । साझाले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

विवेकशील साझाले काठमाडौंको मेयरमा बास्कोटा र उपमेयरमा तुलाधरलाई उठाउने

'देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ' भन्ने नाराका साथ दुई जना महिला उमेदवार अघि सार्ने निर्णय सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

प्रकाशित : चैत्र २८, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चाडपर्वको मौसम सुरू हुन लाग्दा करोडौं घाटा हुनेगरी नेपाल वायुसेवाका विमानहरू 'ग्राउण्डेड' हुने अवस्था आएको छ । तपाईंको के टिप्पणी छ ?

×