२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९
कांग्रेस बैठक

कोइरालाको प्रश्न- गठबन्धन गर्ने निर्णय कार्यकर्ताले नमाने के हुन्छ ?

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रले गर्न नमिल्ने बताएका छन् । उनले केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दा तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भनेर प्रश्न गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा धारणा राख्दै नेता कोइरालाले गठबन्धन गरेर चुनाव जित्छु भन्ने आशाभन्दा पार्टीभित्रै सबै गुट उपगुटबीचको एकतामा जोड दिन आग्रह गरे ।

कोइरालाको प्रश्न- गठबन्धन गर्ने निर्णय कार्यकर्ताले नमाने के हुन्छ ?

‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ?,’ बैठकमा प्रश्न गर्दै नेता कोइरालाले भने, ‘अरु पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसतर्फ ध्यान दिँदा के हुन्छ ?’

उनले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने बताएका थिए । ‘गठबन्धन गर्ने भनेर यहाँबाट निर्णय गर्दा तलका कार्यकर्ताबीच एकता हुन सकेन भने के हुन्छ ? त्यसपछिको अवस्थाबारे कसले जिम्मेवारी लिन्छ ? हामीले त्यता ध्यान दिन जरुरी छ,’ उनले भने, ‘यसरी केन्द्रबाट गठबन्धन गर्ने भन्ने निर्णय गरेर लाद्ने काम नगरौँ ।’

जारी केन्द्रीय समिति बैठकमा जिल्ला-जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले धारणा राख्ने क्रम सकिएको छ भने अहिले सिनियर केन्द्रीय सदस्यहरूले बोलिरहेका छन् । यसपछि पदाधिकारीले समेत सोमबारै धारणा राख्ने बैठक निष्कर्षमा पुग्ने केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । बैठकले आसन्न चुनावमा गठबन्धन गर्ने भनेर सैद्धान्तिक निर्णय लिने नेताहरुले बताएका छन् ।

प्रकाशित : चैत्र १४, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?