कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
ओलीको प्रतिवेदन

सरकारले छिमेकसँगको सम्बन्ध खलबल्यायो

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाह्य सम्बन्ध खलबल्याउने काम सरकारले गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवदेनमा भारतको विषयमा कुरा उठाउन नसकेको र चीनसँग नभएको सीमा विवाद उचालेर सम्बन्ध खलबल्याएको जनाएको छ । 

सरकारले छिमेकसँगको सम्बन्ध खलबल्यायो

'गठन हुनुपूर्व नै कसैका लागि कम्फर्टेबल' बन्ने बाचा गरेको गठबन्धन सरकारको कार्यकालमा राष्ट्रिय हितप्रति गम्भीर बेवास्ता गरिएको छ भने बाह्य सम्बन्धमा सन्तुलन खलबल्याउने काम भएको छ,' प्रतिवदेनमा भनिएको छ ।

त्यसैगरी, प्रतिवेदनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भू-भागमा नेपालको प्रशासनिक उपस्थिति र स्वामित्व स्थापित गर्न गम्भीर कूटनीतिक पहल गर्नुको साटो सरकार कतिपय सरकारी दस्तावेजमा नेपालको नयाँ नक्सा नै गायब पारिरहेको उल्लेख छ । 'जयसिंह धामी पानी बेपत्ता प्रसंगमा मौनता, दार्चुलामा भारतबाट भइरहे महाकालीको धार परिवर्तन गर्ने कामप्रति प्रतिक्रियाविहीन अवस्था र अन्य कतिपय संवेदनशील मुद्दामा सरकारको लापरबाहीलाई हेर्दा यसलाई संयोग या प्राविधिक त्रुटिमात्रै भन्न सकिने स्थिति छैन,' प्रतिवदेनमा भनिएको छ, 'भारतसँग साझेदारीका कैयौ विकास परियोजन अगाडि बढाउन सार्थक काम गरिरहेको छैन ।'

प्रतिवेदनमा चीनतर्फको सम्बन्धलाई बेवास्ता गरिएको एमालेले आरोप लगाएका छन् ।

'अर्कातिर चीनसँग बिआरआई परियोजना अगाडि बढाउन सरकारले कुनै पहल गरिरहेको छैन । सुल्झिसकेको सीमा विवाद झिक्ने, लामो समय राजदूत र राख्नेजस्ता कामहरूले छिमेक सम्बन्धमा सन्तुलन खल्बल्याउने काम भइरहेको छ,' प्रतिवदेनमा भनिएको छ ।

प्रकाशित : चैत्र ९, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×