कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सत्ता गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

सन्जु पौडेल

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अप्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेस तल्लिन रहेको बताए ।

सत्ता गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने जनाए । ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि कांग्रेसले जिते देश विकास र सम्मृद्ध हुन्छ ।’

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग नियोक (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए । एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक पर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको उनको भनाई थियो । मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेला त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने खांणले बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटनाउन विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे । बिजुली उत्पादन बृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क थियो ।


प्रकाशित : चैत्र ३, २०७८ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?