अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

क्वारेन्टाइन पनि बस्न नपर्ने

फाल्गुन २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ 'ट्राभल एडभाइजरी' जारी गरिएको छ ।

अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताए ।

'अब अन्तर्राष्ट्रिय प्रवेश बिन्दुबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ पेस गरे पुग्ने छ । यसबाहेक कानुनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने छ,'उनले भने ।


कान्तिपुर

Link copied successfully