काठमाडौँ — राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार उनीहरुलाई शपथ दिलाएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदकाे लाेगाे पनि प्रदान गरेका छन् ।
शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय सिंहदरबारमा भएको हाे ।
१२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन् ।
