कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

ओली निवास बालकोटमा मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार जानुभएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?