कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय कायम

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको एक साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने दोहोर्‍याएको छ ।

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय कायम

यसअघि नै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादीको सोमबारको सचिवालय बैठकले उक्त निर्णयमा कायम रहने निर्णय गरेको हो ।

समाजवादीको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले सम्झौताको विषयमा शनिबार स्थायी कमिटीले गरेको उक्त निर्णयलाई अझै व्यवस्थित रुपमा अघि बढाउने निर्णय गरेको बताइएको छ ।

‘एमसीसीको विषयमा शनिबारको स्थायी कमिटीले गरेको निर्णय ठीक छ र त्यसको पक्षमा उभिने । विपक्षमा मतदान गर्ने र गराउने काममा लाग्ने निर्णय गरेका छौं’ नेकपा एमाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले इकान्तिपुरसित भने, ‘सरकार गठबन्धमा भनेको फरक कुरा हो । बस्नु परे बसौँला छाड्नु परे छाडौँला ।’

उनले सम्झौताका लागि विभिन्न विकल्प खुला रहेको पनि बताएका थिए । ‘अमेरिकाले प्रस्ताव फिर्ता लैजान पनि सक्छ । यो पहिलोदेखि भन्दै आएको हामीले आह्वान गर्दै आएका छौं’ खतिवडाले भने, ‘सरकारले पनि धेरै विवादित भयो भनेर फिर्ता पनि लिनसक्छ नि ।’ खतिवडाले देशभन्दा सरकार ठूलो नभएको पनि बताए ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि एमसीसीको विपक्षमा उभिने बताएको थियो । तर एमसीसी टेबल गर्नेबारे आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै नेताले टेबल गर्न प्रधानमन्त्री समक्ष सहमति जनाएका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?