२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

सरकारमा भएका क्रान्तिकारीका कार्यकर्ताले सडक भत्काए र प्रहरीलाई कुटे : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सरकारमा भएका क्रान्तिकारीका कार्यकर्ताले सडक भत्काए र प्रहरीलाई कुटे : ओली

सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको उनको दाबी थियो । साथै उनीहरूले सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति उनले आपत्ति जनाएका थिए । धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भत्काएको भन्दै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले 'सरकारमा भएका क्रान्तिकारी'का कार्यकर्ताले सडक भत्काएको र ढुंगा हानेको आरोप लगाएका हुन् । साथै सरकारमा भएका दलहरूले एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा पनि विरोध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।

गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भने, 'एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने ?'

उनले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताएका थिए । साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्रहार भएको भन्दै त्यसप्रति ओलीले आपत्ति जनाएका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?