सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । 

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

प्रतिनिधिसभाको बुधबारको समितिमा एमसीसी टेबुल गर्ने तयारीमा सरकार रहेको छ । बैठकको कार्यसूची तयार गर्नका लागि ११:३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ ।

प्रतिनिधिसभाको बुधबारको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छ । सम्भावित कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने राखिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?