१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुखलाई भेटेर एमसीसी टेबुल गर्नेबारे जानकारी दिएका थिए । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पनि एमसीसी र स्थानीय तह निर्वाचनबारे छलफल भएको थियो ।

संसद् सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । तर, त्यसमा एमसीसी राखिएको छैन ।

बुधबारको कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री बडूले एमसीसीलाई टेबुल गर्ने विषय राख्ने तयारी गरेका छन् ।


प्रकाशित : माघ २५, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?