१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउवाले दाहाल र नेपाललाई मागे- ‘एमसीसीमा सुधार गर्नुपर्ने बुँदा’

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु माग गरेका हुन् ।

देउवाले दाहाल र नेपाललाई मागे- ‘एमसीसीमा सुधार गर्नुपर्ने बुँदा’

दाहाल र नेपालले यथास्थितिमै एमसीसी पारित गरेर जान नसकिने बताएपछि देउवाले त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु उपलब्ध गराउन भनेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु प्रधानमन्त्री देउवाले माग गरेको जानकारी दिए । बैठकपछि सिन्धुपाल्चोकका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा पनि गठबन्धनको पक्षमा रहेको र गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको बताए । ‘एमसीसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ अध्यक्ष नेपालले भनेका छन् ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन टुट्ने भयो कि भन्ने अनावश्यक भ्रम र आशंका फैलिएको भन्दै त्यसबारे ढुक्क हुन आश्वासन दिए । ‘गठबन्धन टुट्दैन,’ नेता नेपालले अघि भने, ‘एमसीसी पास गर्ने विषयमा पनि छलफल भइरहेको छ । हामी चुनावमा पनि गठबन्धनबाटै अघि बढ्छौं ।’

प्रकाशित : माघ १९, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?