स्थानीय चुनावका लागि निर्वाचन आयोगले माग्यो १२ अर्ब

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् ।

स्थानीय चुनावका लागि निर्वाचन आयोगले माग्यो १२ अर्ब

निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ ।

‘२०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ,’ आयोगले भनेको छ ।

आयोगले मतदानको स्वच्छता र निष्पक्षता तथा मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मतदान केन्द्र तथा मतगणना स्थलहरुमा सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने भएकाले खर्त वृद्धि हुने जनाएको छ । साथै कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने आयोगको अनुमान छ ।

प्रकाशित : माघ १८, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?