कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एकैपटक तीनै तहको चुनाव गरे खर्च कम हुन्छ : नेपाल

काठमाडौँ — सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप हुनुपर्ने बताएका छन् । 

एकैपटक तीनै तहको चुनाव गरे खर्च कम हुन्छ : नेपाल

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरी राखेर सम्पन्न गर्नुपर्ने बताए ।

उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए ।

एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सके खर्च कटौती हुने नेपालको भनाइ छ । उनले भने, ‘एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । योभन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’

अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरुले जित्ने दाबीसमेत गरे ।

प्रकाशित : माघ १२, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?