कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैभन्दा बढी जनसंख्या हुने प्रदेश मधेश

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।

सबैभन्दा बढी जनसंख्या हुने प्रदेश मधेश


तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो ।

त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ०.७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ ।

जनगणना हरेक १० वर्षमा गर्ने गरिन्छ ।

*यसअघि सबैभन्दा बढी जनसंख्या हुने प्रदेश मधेश हुनुपर्नेमा वाग्मती भएकोमा सच्याइएको छ ।

प्रकाशित : माघ १२, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?