कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा एकै दिन ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा एकै दिन ६७३४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १४ हजार १४ जनामा पीसीआर परीक्षण र ३ हजार ४ सय ५१ जनामा एन्टिजेन परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनामा संक्रमण देखिएको हो ।

योसँगै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ६१ हजार ९ सय ४० पुगेको छ ।

सोही अवधिमा ५४७ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।

त्यस्तो २४ घण्टायता ३ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा ९ जिल्लामा ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ‚ सुनसरी‚ काठमाडौं‚ ललितपुर‚ भक्तपुर‚ चितवन‚ कास्की‚ रुपन्देही र कैलालीमा ५ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जनामा कोरोना संक्रमण

प्रकाशित : माघ ३, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?