कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

भारतबाट १ सय ३ नेपालीको उद्धार

नयाँदिल्ली — सन् २०२१ मा भारतबाट १ सय ३ जना महिला तथा बालबालिकलाई उद्धार गरिएको छ । त्यसमध्ये ६४ जनालाई नेपाल पठाइएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको ‘किन इन्डिया’ ले आफ्नो वार्षिक प्रतिवेदनमा यसबारे जानकारी दिएको हो । काठमाडौंमा रहेको ‘किन नेपाल’ को नयाँदिल्लीस्थित शाखा ‘किन इन्डिया’ प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये ६३ जना महिला तथा किशोरी र ४० जना बालबालिका हुन् ।

तीमध्ये विभिन्न १२ वटा घटनामा पीडकविरुद्ध मुद्दासमेत दायर गरिएको जोशीले जनाए । सन् २०१८ यता दिल्लीमा सक्रिय संस्थाले उक्त अवधिमा ३ सय ३६ जनाको उद्धार गरिसकेको जनाएको छ ।

प्रकाशित : पुस १२, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्व अनुमतिबिना प्रहरीलाई राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग व्यक्तिगत भेटघाट गर्न रोक लगाइएकोबारे तपाईंको धारणा के छ ?

x
×