यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुन्न

पुस १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् ।

उनले प्रतिवेदनमा भनेका छन्, 'एमसीसी परियोजना परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथ स्थितिमा कुनै हालतमा पारित गरिने छैन ।

त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका छन् । त्यस्तै दाहालले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन् ।

कान्तिपुर

Link copied successfully