कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

सन्तोष सिंह

धनुषा — जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् । विवादले उग्ररुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्जसमेत गरेका छन् ।

कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले राति नै मतदान हुनुपर्ने अडान राखेका छन् भने रामसरोज यादव पक्षले बिहीबार मतदान गराउनु पर्ने अडान लिएका छन् । बैठकमा दुई पक्षले राखेको विषयमा अधिवेशन स्थलमा दुई पक्षका कार्यकर्ता कुटाकुट गरेका छन् ।

दुबै पक्षबीच मतभेद हुँदा अधिवेशन स्थलमा विवाद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । 'शान्ति सुरक्षाका लागि अधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ', उनले भने ।

मतदान गराउने र नगराउने विषयमा दुई पक्षबीच बैठकमा विवाद भएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले बताए । निर्वाचन समितिले बोलाएको बैठकमा दुई पक्षबीच विवाद हुँदा मतदान अन्योलमा परेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा कृष्णा यादव र पूर्वउपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश २ नेतृत्वमा निधिलाई शेखर कोइराला समूहले साथ दिएको छ । देउवा समूह र निधि–कोइराला समूहले प्रदेश अधिवेशनका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रकाशित : पुस ७, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?