कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन तोड्न कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने एमालेको प्रस्ताव छ : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बताए ।

गठबन्धन तोड्न कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने एमालेको प्रस्ताव छ : दाहाल

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई निरन्तरता दिने आफूलाई बताएको दाहालको भनाइ छ ।

'एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,' दाहालले भने, 'प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।'

कार्यक्रममा उनले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए । उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए ।

प्रकाशित : पुस ५, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?