गुटको भर लागेन, स्वतन्त्र उम्मेदवारी दिएँ : महेश आचार्य

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता महेश आचार्यले केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिएका छन् । ‘मेरो टिम छैन, मैले आफ्ना विचारहरू राखिसकेकै छु । पार्टी संगठनका समस्याहरूलाई उठाएर अघि बढेको छु । म गुट र नेता मिलाउनतिर लागेको छैन,’ आचार्यले भने, ‘म पार्टीलाई राम्रो बनाउन चाहन्छु ।’ उनले अब महाधिवेशन प्रतिनिधिहरूको विवेकमा भर पर्ने बताए । 

नेता आचार्यले गुटबन्दीको धमिराले पार्टी विस्तारै कमजोर बन्दै गएको बताए । ‘सक्षम नेतृत्व खोज्नेभन्दा पनि पद पैसाको अभ्यास जस्तो बनेको छ । पार्टीमा विचार नीति कार्यक्रममा कुनै बहस हुँदैन । पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी छैनन्,’ उनले भने ।

कान्तिपुर

Link copied successfully