कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महामन्त्रीमा दाबी गरिरहेका देउवाका 'हस्ती'ले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ — प्रदीप पौडेललाई शेरबहादुर देउवा प्यानलबाट महामन्त्री बनाएपछि असन्तुष्ट रहेका नेताहरुले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेपछि देउवाले आफ्नो प्यानलको महामन्त्रीमा पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई राखेका छन् । 

महामन्त्रीमा दाबी गरिरहेका देउवाका 'हस्ती'ले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र मिन विश्वकर्मा लगायतका नेताले देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीसमेत रहेका खाँणले सभापतिमा देउवालाई सभापतिमा जिताउने भूमिका आफू रहेको बताए ।

यसअघि खाँण र कार्कीले देउवा प्यानलबाट महामन्त्री र विश्वकर्माले सह महामन्त्रीको दाबी गर्दै आएका थिए ।

प्रकाशित : मंसिर २५, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?