कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशनले जनतामा पुन: आशाको सन्देश दिन सक्नुपर्छ : थापा [अवधारणा पत्रको पूर्णपाठ]

काठमाडौँ — कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले ६० पृष्ठ लामो अवधारणा पत्र सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले कांग्रेसको १४ औं महाधिवेशनका लागि 'हाम्रो ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाल' शीर्षकमा अवधारणा पत्र सार्वजनिक गरेका हुन् । कांग्रेस महाधिवेशन शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । 

कांग्रेस महाधिवेशनले जनतामा पुन: आशाको सन्देश दिन सक्नुपर्छ : थापा [अवधारणा पत्रको पूर्णपाठ]

थापाले लोकतन्त्र, संघीयता, संविधान, गणतन्त्र, समावेशीतालगायतका उपलब्धि र व्यवस्थामाथि उब्जेका संशयमाझ नेपाली राजनीतिको आगामी यात्रा असहज रहेको उल्लेख गरेका छन् । आमजनतामा राजनीतिक दल र समस्त प्रणालीप्रति नै वितृष्णा र आक्रोश रहेको भन्दै थापाले यो परिस्थितिमा विकसित भइरहेको चुनौतीपूर्ण घटनाक्रमलाई सही अवतरण नगर्ने हो भने पार्टी र देश दुवैको यात्रा अप्ठेरो रहेको पनि बताएका छन् ।

कांग्रेस महाधिवेशनले पार्टीको वैचारिक र सांगठनिक पुनर्जागरण र रुपान्तरणमार्फत जनतामा पुन: आशाको सन्देश दिन सक्नुपर्नेमा उनको जोड छ । थापाले १४ औं महाधिवेशन कांग्रेसजनलाई अवसर भन्दै यसको सदुपयोग गरेर सैद्धान्तिक र सांगठनिक पार्टीको रुपान्तरण गर्न रचनात्मक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् ।

प्रकाशित : मंसिर २३, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?