कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाधिवेशनपछि कांग्रेसको लक्ष्य 'समुन्नत नेपाल, सम्मानित नेपाली' : थापा

काठमाडौँ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशनपछि पार्टीको लक्ष्य 'समुन्नत नेपाल, सम्मानित नेपाली' हुने बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार १५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै उक्त विषय प्रस्ट्याएका हुन् ।

महाधिवेशनपछि कांग्रेसको लक्ष्य 'समुन्नत नेपाल, सम्मानित नेपाली' : थापा

'समुन्नत नेपाल, सम्मानित नेपाली' लक्ष्य ०७८ सालको अधिवेशन पछाडि नेपाली कांग्रेसको लक्ष्य हो,' थापाले भपे, 'जसरी २००६ सालमा कांग्रेसको मिसन के थियो ? बीपीले सानो पर्चामा लेख्नुभयो 'हाम्रो ध्येय नेपालमा जनताको शासन स्थापित गर्ने, २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले भन्नभयो, कांग्रेसको मिसन पञ्चायतलाई फ्याँक्ने, जनताको शासन पुनर्स्थापित गर्ने । ६० सालमा शिखर पुरुष गिरिजाप्रसादले भन्नुभयो 'हाम्रो ध्येय हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने । ०७८ सालपछि कांग्रेसले भन्छ नेपाललाई सम्मुनन्त बनाउने, प्रत्येक नेपालीलाई सम्मानित बनाउने छ ।'

आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने उनले बताए ।

आगामी निर्वाचनमा कांग्रेसले जित्ने विषयमात्रै नभए समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्नका लागि जित्नु पर्ने उनको भनाइ थियो । आफ्नो अवधारणाअनुसार सामाजिक लोकतन्त्रले समाजभित्र न्यायापूर्ण अवस्था निर्माण गर्ने जसको आधारमा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने उनले बताए ।

'सामाजिक लोकतन्त्रिभत्र सबै जातजाति, भाषाभाषीका सबै नेपालीले अभ्यास गर्न पाउँछन् । सनातनदेखि चलिआएको हाम्रो धर्म, परम्परालाई रक्षा गर्दै सँगसँगै व्यक्तिका सबै स्वतन्त्रताको सम्मान गर्दै सबले समान ढंगले गौरवको अनुभूति गर्न पाउने अवस्थाको अब सिर्जना हुन्छ,' उनले भने ।

नेता थापाले कांग्रेसलाई नयाँ सपना, संकल्प र नयाँ कार्यक्रम चाहिएकोले आफूले 'समुन्नत नेपाल, सम्मानित नेपाली कार्यक्रम' प्रस्तुत गरेको बताए । कांग्रेस महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको बताए । 'यो कार्यक्रम महामन्त्रीको रुपमा म नेपाली कांग्रेसमा प्रस्तावित गर्छु । कांग्रेसको महामन्त्री केबल महामन्त्रीको कुर्सीमा बस्नेमात्रै होइन । कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन, कांग्रेसको कार्यदिशाको प्रस्तावक हो । उनले गनगन गर्ने होइन, यो भएन ऊ भएन भन्ने होइन । यो महामन्त्रीको कुर्सी भनेको कुनै बेला गणेशमान बसेको कुर्सी हो, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।'

प्रकाशित : मंसिर २३, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?