प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गर्न ओली निवासमा बार

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कात्तिक दोस्रो सातादेखि सर्वोच्च अदालतमा विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको छ । 

प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गर्न ओली निवासमा बार

सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेर बारको टोली बालकोट पुगेको हो । एमाले अध्यक्ष ओलीलाई भेट्नका लागि बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् ।

नेपाल बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायत बालकोट पुगेका हुन् ।

बारको टोली पौने १ बजे बालकोट पुगेको महासचिव पौडेलले बताए ।

बारका अध्यक्ष श्रेष्ठले ओलीलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गर्ने जानकारी दिए । नेपाल बार एसोसिएसनसहित देशभरका कानुन व्यवसायी प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

प्रकाशित : मंसिर २१, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?