राप्रपा अध्यक्षमा पराजित कमल थापाले भने : निर्मल निवासको नांगो हस्तक्षेप भयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा अध्यक्षमा पराजित कमल थापाले भने : निर्मल निवासको नांगो हस्तक्षेप भयो

कान्तिपुर संवाददाता

काठमाडौँ — कमल थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

फाइल फोटो

आइतबार बिहान मतपरिणाम सार्वजनिक भएपछि हार स्वीकार्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत बधाई दिएका छन् । राजे‍न्द्र लिङ्देनले थापालाई २०० मतले हराएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै थापाले लेखेका छन्, 'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।

प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई जीबीबी शाह धन्यवाद ।' यसअघि लिङ्देनले आफूलाई निर्मल निवासको समेत साथ रहेको दाबी गरेका थिए ।

थापाले सिंगो मुलुक गणतन्त्रमय भएका बेला पनि राजसंस्था बोकेर हिँडे पनि त्यसलाई बेवास्ता गरिएको बताएका छन् । उनले अगाडि लेखेका छन्, 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।'

प्रकाशित : मंसिर १९, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित 

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×