कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

राप्रपा महाधिवेशनमा दाहाल, नेपाललगायतका नेता उपस्थित

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भने सहभागी भएका छन् ।

राप्रपा महाधिवेशनमा दाहाल, नेपाललगायतका नेता उपस्थित

दाहाल नेकपा एमालेको महाधिवेशनमा भने गएका थिएनन् । काठमाडौंमा भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको जारी उद्घाटन समारोहमा दाहालसहित विभिन्न दलका नेताहरुको सहभागिता भएका छन् ।

राप्रपा महाधिवेशनमा दाहालसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेता पनि उपस्थित छन् । त्यस्तै महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने राप्रपाले जनाएको छ । एमालेले एकीकृत समाजवादीलाई भने निमन्त्रणा गरेको थिएन ।

गत शुक्रबार एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पनि दाहाललाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । दाहालकै गृह जिल्ला चितवनमा भएको महाधिवेशनमा माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीका सदस्यमा लिलामणि पोखरेल सहभागी भएका छन् ।

राप्रपाको महाधिवेशनमा १५ देखि १७ गतेसम्म राजधानीमा चल्ने छ । जसमा कमल थापा र राजेन्द्र लिङदेन अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित : मंसिर १५, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?