उम्मेदवारको अन्तिम नामावली प्रकाशन, राति २ बजेपछि मतदान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, राति २ बजेपछि मतदान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को दसौं महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेकाको अन्तिम नामावली प्रकाशित भएको छ ।

पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान हुने भएको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन हुने भएको छ ।

दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन हुने भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले राति २ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

निर्वाचन कार्यक्रमः

उम्मेदवारको अन्तिम नामावलीः









प्रकाशित : मंसिर १३, २०७८ २३:११
प्रतिक्रिया
पठाउनुहोस्

अरु पदमा सर्वसम्मत गराएर पदाधिकारीमा मतदान गराउने कोसिस

कान्तिपुर संवाददाता

चितवन — एमाले नेताहरुले पदाधिकारीमा मात्रै मतदान गराउने कोसिस गरिरहेका छन् । सर्वसम्मत केन्द्रीय सदस्यहरु चयन गराउन नेताहरु नै सक्रिय भएका छन् । 

उम्मेद्‍वारी फिर्ता गराउनका लागि जनप्रतिनिधि बनाउने, टिकट दिलाउने, सरकारी नियुक्ति दिलाउनेसम्मको आश्वासन दिइरहेका छन् ।

केन्द्रीय समिति सर्वसम्मत गराउन खोज्दा निर्वाचन प्रक्रिया ढिलो भएको छ । ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी भएपनि नेताहरुकै कारण निर्धारित समयभन्दा ढिलो भएको हो ।

एमालेका एक नेताले भने,'केन्द्रीय समितिमा सर्वसम्मत गरेर पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी भएकाले ढिलाइ भएको हो ।'

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् भने भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रिय समितिका लागि सर्वसम्मत भएको छ । सुदूरपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेद्‍वारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ ।

१९ सदस्यीय पदाधिकारीमा १/१ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुने भएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २१:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×