प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै ‘न्याय-मार्च’ सुरू

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै  ‘न्याय-मार्च’गरिएको छ । विभिन्‍न पेसागत संगठनहरुको अगुवाइमा सर्वोच्च-बालुवाटार न्याय मार्च सुरु गरिएको हो ।

'न्याय मार्च'मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता छ । केहीबेरअघि सर्वोच्च अदालत अगाडिबाट 'न्याय मार्च' सुरु भएको छ । 

मार्च पास माइती घर मण्डला-भद्रकाली-सडक-रत्नपार्क हुँदै बालुवाटार जानेछ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका छन् । 

सुरुमा सर्वोच्च अदालतमा केन्द्रित रहेको बारको आन्दोलन विस्तार भएर देशभरका अदालतमा पुगिसकेको छ । गत आइतबार सम्पूर्ण अदालतमा बहस–पैरवी बहिष्कार गरेको बारले बुधबार सबै १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोधमा प्रदर्शन र सभा गरेको छ । 

कान्तिपुर

Link copied successfully