कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

शशांकलाई प्रकाशमानको जवाफ– ‘सुशील कोइरालाभन्दा धेरै मत ल्याएर महामन्त्री जितेको मान्छे हुँ’ 

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले आफुविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । मोरङको विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले बुधबार गरेको सभामा बोल्दै नेता सिंहले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफुविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएर प्रस्तुत भएको आरोप लगाए । 

शशांकलाई प्रकाशमानको जवाफ– ‘सुशील कोइरालाभन्दा धेरै मत ल्याएर महामन्त्री जितेको मान्छे हुँ’ 

पार्टीका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै नेता सिंहले आफुले ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको भन्दै आफुविरुद्ध कुप्रचार नगर्न आग्रह गरे । ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ,’ सिंहले भने, ‘अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुस्प्रचार भइरहेको छ ।’

उनले पार्टीमा पद लिने र जिम्मेवारीअनुसार काम गर्न नसक्नेहरु हाबी हुँदै गरेको आरोप लगाए । ‘मैले १२ औँ महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ । मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्न अनुरोध गर्दछु,’ उनले भने ।

उनले आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । ‘हो, म गणेशमान र मंगलादेवीको छोरा हुँ, तर म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ,’ नेता सिंहले भने ।

प्रकाशित : मंसिर १, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?