त्रिविका चार पूर्वउपकुलपतिको आग्रह- अदालतको संकट समाधानका लागि दलहरूले कदम चालुन् 

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चार जना पूर्वउपकूलपतिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्नका लागि अग्रसरता लिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

त्रिविका चार पूर्वउपकुलपतिको आग्रह- अदालतको संकट समाधानका लागि दलहरूले कदम चालुन् 

पूर्वउपकूलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार ‘बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षणन’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ । गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? भन्ने प्रश्न राख्दै पूर्वउपकुलपतिहरूले ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ,’ भनेका छन् ।

‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालुन् ।’


प्रकाशित : कार्तिक २७, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?