कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

न्यायाधीशद्वय केसी र शर्माले बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरे, अन्य मुद्दा हेर्न नभ्याइनेमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोकेका थिए । 

न्यायाधीशद्वय केसी र शर्माले बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरे, अन्य मुद्दा हेर्न नभ्याइनेमा

आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए । न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दीप्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो । अन्य मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ ।

कात्तिक ८ गतेपछि केही दिन बन्दीप्रत्यक्षीकरण मुद्दा मात्रै पेसीमा चढाएका प्रधानन्यायाधीश जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका थिए । प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा पेशी तोकिएका मुद्दाको स्थितिमा भने 'बेन्च नबसेको' उल्लेख छ ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनले मंगलबारदेखि आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् ।

प्रकाशित : कार्तिक २३, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?