कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'शंखधरले ऋणमा डुबेका जनतालाई ऋण र दासत्वबाट मुक्त गराएका थिए'– प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएको बताएका छन् ।

'शंखधरले ऋणमा डुबेका जनतालाई ऋण र दासत्वबाट मुक्त गराएका थिए'– प्रधानमन्त्री

शुक्रबार भक्तपुरको ठीमीमा नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

नेपाल संवत्‌को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्‌को पात्रो सार्वजनिक गरेका थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ईसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुवात गराएका थिए । नेपाल संवत्‌का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दै आएको छ ।

प्रकाशित : कार्तिक १९, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?