कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनपरी भाडा असुल्दै मुगुमा निजी एयरलाइन्स

राजबहादुर शाही

मुगु — जिल्लाको रारा विमानस्थलमा निजी एयरलाइन्सले कार्गोको नाममा प्रतियात्रु १२ हजार रुपैयाँ भाडा लिएको पाइएको छ । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको र खाली जहाज बोलाउनु परेको भन्दै दुबै तर्फको भाडा जोडेर १२ हजार उठाउन थालेपछि यात्रु मारमा परेका छन् । पहिले उक्त निजी एयरलाइन्सले मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय भाडा लिने गरेका थिए । 

मनपरी भाडा असुल्दै मुगुमा निजी एयरलाइन्स

रारा विमानस्थलमा निजी एयरलाइन्सले प्रतिव्यक्ति १२ हजार भाडा असुलेर उडाउने गरेको रोयल कन्ट्रसनका मेनेजर रवीन्द्र स्वाँरले बताए । विमानस्थलमा एयरलाइन्सले मनपरी भाडा असुल्दा प्रहरी प्रशासन मौन बसेको उनको आरोप छ । अर्कोतिर टिकट वितरणमा पनि निजी एयरलाइन्सले मनपरी गर्न थालेपछि सर्वसाधारण र बिरामीलाई हवाई टिकट पाउन सास्ती भएको छ । हवाई टिकट नपाएर चार/पाँच दिनसम्म यात्रु विमानस्थलमै भोकभोकै बस्न बाध्य भएका छन् । चार/पाँच दिनसम्म पनि कोही यात्रुले हवाई टिकट नपाएर रुँदै घर फर्किन बाध्य भएका छन् ।

नियम, पद्धतिलाई बेवास्ता गरी विमानस्थलमा भनसुनको भरमा आफ्ना व्यक्तिलाई हवाई टिकट दिने गरेको स्थानीयको आरोप छ । नेपालगन्जदेखि मुगु आउने यात्रु नभएको र खाली जहाज बोलाएर यहाँबाट यात्रु पठाउनु पर्ने बाध्यताले प्रतिव्यक्ति १२ हजार हवाई भाडा लिने गरिएको तारा एयरलाइन्सका स्टेशन इन्चार्ज लक्ष्मी शाहीले बताए । रारा आउने पर्यटकले दोहोरो हवाई टिकट लिएर आउँदा स्थानीयलाई टिकट पाउन मुस्किल भएको शाहीको भनाइ छ ।

महँगो हवाई भाडा नउठाउन र पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले निजी एयरलाइन्सलाई पत्रचार गरे पनि बेवास्ता गरेको पाइएको छ । पठाएको पत्रलाई कार्यान्वयन नगरे निजी एयरलान्सलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

मुगुमा निगमको जहाजले एक दिनमात्रको उडान पनि नियमित नगर्दा यात्रु मारमा छन् ।

प्रकाशित : कार्तिक १८, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?