१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मोदीले नेपाल भ्रमणमा आउँछु भन्नुभयो, मलाई पनि निम्तो दिनुभयो : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । 

मोदीले नेपाल भ्रमणमा आउँछु भन्नुभयो, मलाई पनि निम्तो दिनुभयो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।’

त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।

प्रकाशित : कार्तिक १८, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?